विराटनगर — आर्थिक वर्ष २०८१/८२ को सुरुवातदेखि नै अमेरिकी डलरको मूल्य उच्च भइरहेकाले नेपाली रुपैयाँ निरन्तर अवमूल्यन भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको साउनदेखि चैतसम्म औसत १.९७ प्रतिशतले नेपाली रुपैयाँको अवमूल्यन भएको हो।
सबैभन्दा बढी अवमूल्यन फागुनमा देखिएको छ, जब अमेरिकी डलरको बिक्रीदर १३९ रुपैयाँ ५५ पैसा पुगेको थियो। उक्त महिनामा मात्रै रुपैयाँ ४.२२ प्रतिशतले कमजोर भएको थियो। चालु आवको चैतसम्ममा नेपाली रुपैयाँ डलरको तुलनामा कुल २.९२ प्रतिशतले अवमूल्यन भएको राष्ट्र बैंकले जनाएको छ।
विशेषज्ञहरूका अनुसार अमेरिकी डलर अन्तर्राष्ट्रिय रूपमा ‘सुरक्षित मुद्राको’ मान्यतामा रहेको हुँदा त्यसको माग उच्च हुने गर्दछ। साथै नेपालले भारतीय रुपैयाँसँग स्थिर विनिमय दर कायम राखेकाले डलर बलियो हुँदा भारतीय रुपैयाँ कमजोर हुँदै जान्छ, जसको सीधा असर नेपाली मुद्रामाथि पर्छ।
नेपाल सरकारले १ भारतीय रुपैयाँको सापेक्षमा १ रुपैयाँ ६० पैसा कायम गरेको स्थिर दरअनुसार डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएपछि त्यसको प्रभाव नेपाली रुपैयाँमा पनि देखिन्छ। राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल भन्छन्, ‘भारु कमजोर भएमा क्रसरेटमार्फत नेपाली रुपैयाँ पनि कमजोर हुन्छ। तर डलर बढ्दा केही फाइदा पनि छन्।’
डलर बढ्दाका फाइदा र बेफाइदा
फाइदा :
रेमिट्यान्समार्फत देशमा भित्रिने रकम बढ्ने
निर्यात बढेमा आम्दानीमा फाइदा
पर्यटन क्षेत्रमा सेवा आम्दानी वृद्धि
बेफाइदाः
आयात महँगो हुने
विकास निर्माणको लागत बढ्ने
वैदेशिक ऋण भुक्तानी चर्को हुने
अर्थविद् डा. रमेश पौडेलका अनुसार नेपालजस्तो आयातमा भरपर्ने मुलुकका लागि डलर महँगो हुँदा घाटा बढ्ने खतरा हुन्छ। साथै विकास निर्माणको अधिकांश सामग्री आयात गर्नुपर्दा परियोजनाको लागत पनि उकालो लाग्ने देखिन्छ।
उनका अनुसार यदि नेपालले उत्पादनमूलक क्षेत्रमा सुधार गरी निर्यात बढाउन सकेको भए डलर महँगो हुँदा प्रतिस्पर्धात्मक मूल्यमा सामान निर्यात गर्न सकिने थियो। तर हाल त्यसतर्फ पर्याप्त ध्यान नदिईएपछि डलर बढ्दा मुलुकको खर्च बढेको मात्र देखिन्छ।
नेपाल राष्ट्र बैंकका पछिल्ला तथ्यांकअनुसार जेठ १ का लागि डलरको बिक्री दर १३६ रुपैयाँ ९० पैसा र खरिद दर १३६ रुपैयाँ ३० पैसा तोकिएको छ। फागुनको उच्च बिन्दु पछिल्लो समय केही घटे पनि डलर अझै बलियो अवस्थामा रहेको बैंकको भनाइ छ।
#डलर
अर्थ/वाणिज्य
डलरको भाउ फेरि बढ्यो
द नेप्लिज संवाददाता२३ वर्षदेखि भिजिट भिसाको ओडारमा महिला तस्करी, सबै गृहमन्त्रीको संलग्नता शंकाको घेरामा
द नेप्लिज संवाददातातुलसी सहकारी घोटाला : अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद, ६९ करोड बिगो र जरिवाना
द नेप्लिज संवाददातापतञ्जलीले विदेशबाट ल्याएको अरबौंको रकम शंकास्पद, स्रोत र खर्चको प्रमाण नभेटिएको अख्तियारको दाबी
अमेरिकी डलरको बिक्रीदर १३७.५७ रुपैयाँ
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares