२३ जेठ २०८२, शुक्रबार 06 Jun 2025, Friday

बलात्कार आरोपमा दुई पक्राउ

द नेप्लिज संवाददाता
४ जेठ २०८२, आइतबार

Advertisement

विराटनगर– अछाममा २० वर्षीया महिलासँग जबरजस्ती करणी गरेको आरोपमा चौरपाटी गाउँपालिका–१ का २६ वर्षीय डबल बहादुर थापा शनिबार बेलुकी पक्राउ परेका छन्। पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

दाङमा ७ वर्षीया बालिकासँग बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टाका ७५ वर्षीय गिरीराज बुढाथोकी शनिबार दिउँसो पक्राउ परेका छन्। बालिकाको उजुरीपछि इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी बिजौरीको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो।दुवै घटनामा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।

प्रकाशित : ४ जेठ २०८२, आइतबार 19:38
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved