विराटनगर— मानव बेचबिखन तथा ओसारपसारको आरोपमा धादिङ गल्छी गाउँपालिका–२ का २४ वर्षीय रोजन भुजेललाई सोमबार साँझ प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ।
वीरगञ्ज–१६ स्थित शंकराचार्य गेट नजिकको सडकबाट भारततर्फ लैजान लागेको दुई युवतीसहित भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले गैरसरकारी संस्था ‘आफन्त नेपाल’ का प्रतिनिधिको उपस्थितिमा उनलाई पक्राउ गरेको जनाइएको छ।
प्रहरी अनुसन्धानका क्रममा भुजेलले ती युवतीहरूलाई हेटौँडा तथा वीरगञ्जका कपडा कारखानामा राम्रो आम्दानी हुने भन्दै भारत लैजाँदै गरेको र अन्ततः बेचबिखन गर्ने उद्देश्य रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको पर्सा प्रहरी कार्यालयले जनाएको छ।उनलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसूरमा ५ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
समाचार
प्लाष्टिकले पृथ्वी र मानव अस्तित्व संकटमाः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददाताकोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares