विराटनगर– ट्रम्प प्रशासनले टर्की र दक्षिण कोरियाबाट अन्डा आयात गर्ने योजना बनाएको छ । अमेरिकी उपभोक्ताका लागि अत्यधिक महँगो मूल्यलाई सहज बनाउन अन्य देशहरूसँग पनि वार्ता गरिरहेको अधिकारीहरूले पुष्टि गरेका छन् ।
‘हामी छोटो अवधिका लागि सयौं लाख अन्डाका बारेमा कुरा गरिरहेका छौं,’ कृषि सचिव ब्रुक रोलिन्सले ह्वाइट हाउसमा पत्रकारहरूलाई भनिन् । यसअघि प्रशासनले अमेरिकामा फैलिएको चरा फ्लू महामारीलाई नियन्त्रण गर्न १ अर्ब डलर (७९२ मिलियन पाउण्ड) को योजना घोषणा गरेको थियो । उक्त महामारीका कारण अमेरिकी किसानहरूले करोडौं कुखुराहरूलाई मार्न बाध्य भएका थिए ।
राष्ट्रपति ट्रम्पले चुनावी अभियानमा मूल्यहरू घटाउने वाचा गरे पनि अन्डाको मूल्य अघिल्लो वर्षभन्दा ६५% ले वृद्धि भइसकेको छ । २०२५ सम्ममा थप ४१% ले बढ्ने अनुमान गरिएको छ।
रोलिन्सका अनुसार विभाग अन्य देशहरूसँग पनि नयाँ आपूर्तिको व्यवस्था गर्ने वार्तामा छ । तर उनले ती देशहरूको खुलासा गरेनन् । ‘जब हाम्रो कुखुरा पालन उद्योग पुनः सामान्य अवस्थामा आउँछ र पर्याप्त अन्डा उत्पादन हुन थाल्छ, तब हामी पुनः आन्तरिक उत्पादनमा निर्भर हुनेछौं र तिनलाई बजारमा पठाउनेछौं,’ उनले भनिन् ।
पोल्याण्ड र लिथुआनियाका कुखुरा उत्पादक संघहरूले अमेरिकी दूतावासहरूले सम्भावित अन्डा निर्यातका लागि उनीहरूलाई पनि सम्पर्क गरेको बताएका छन् । ‘फेब्रुअरीमा वार्सास्थित अमेरिकी दूतावासले हाम्रो संस्थालाई पोल्याण्डले अमेरिकी बजारमा अन्डा निर्यात गर्न इच्छुक छ कि छैन भनेर सोधेको थियो,’ पोल्याण्डको नेशनल च्याम्बर अफ पोल्ट्री एन्ड फिड प्रोड्युसर्सकी निर्देशक कातार्जिना गावरोंस्काले बताए ।
अन्डा मूल्य वृद्धिको संकट
अमेरिकी किसानहरूले चरा फ्लूलाई ‘संकट’ बताउँदै आएका छन् । अन्डाको मूल्य बढेसँगै एक अमेरिकी किराना पसलबाट १ लाख अन्डा चोरी भएको थियो। फेब्रुअरीमा अमेरिकी कृषि विभागले अन्डाको मूल्य नियन्त्रण गर्न १ अर्ब डलरको पाँच–बुँदे योजना घोषणा गरेको थियो । यसमा ५० करोड डलर जैविक सुरक्षा उपायका लागि करिब १० करोड डलर खोप अनुसन्धानका लागि र ४० करोड डलर किसान राहत कार्यक्रमका लागि छुट्याइएको छ ।
ट्रम्प प्रशासनले व्यावसायिक अन्डा फार्महरूलाई निःशुल्क परामर्श सेवा उपलब्ध गराउने र चरा फ्लू फैलिन नदिन आवश्यक सुधारका लागि ७५% लागत प्रदान गर्ने बताएको छ । ‘हाम्रो योजना देशभर अडिट गर्ने र यूएसडीएलाई अन्डा उत्पादन कम्पनीहरूलाई सहयोग गर्न लगानी गर्ने थियो,’ रोलिन्सले भनिन्,‘ ...र हामीले हालै यो प्रक्रिया थालेपछि, चिडिया फ्लूको दरमा उल्लेखनीय गिरावट देखिएको छ ।’
चरा फ्लू (एच फाइभ एन वन ) अमेरिकी कुखुरापालनमा वर्षौंदेखि समस्या बने पनि २०२२ मा सुरु भएको महामारीले झन् ठूलो असर पुर्याएको छ । १५ करोड ६० लाखभन्दा बढी चरा मरेका छन् । यसका कारण अन्डाको मूल्य आकासिएको हो ।
ट्रम्पले चुनावी अभियानका क्रममा अन्डाको मूल्यलाई मुद्दा बनाएका थिए । यसै महिनाको अमेरिकी कङ्ग्रेस सम्बोधनमा उनले अन्डाको मूल्य वृद्धिका लागि पूर्वराष्ट्रपति जो बाइडेनलाई दोष दिएका थिए । ‘जो बाइडेनले अन्डाको मूल्य नियन्त्रण गर्न सकेनन् र हामी मूल्य घटाउन कडा मेहनत गरिरहेका छौँ,’ ट्रम्पले भने । बाइडेन प्रशासनले चरा फ्लूका कारण लाखौं अन्डा उत्पादन गर्ने कुखुराहरूलाई मार्न निर्देशन दिएको थियो । तर ट्रम्पको दोस्रो कार्यकालको सुरुवातमा पनि अन्डाको मूल्य बढिरहेको देखिएको छ ।
विश्व/प्रवास
म्यानमारमा शक्तिशाली भूकम्प पछिको उद्धार प्रयासमा अवरोध
द नेप्लिज संवाददाताचीनको कडा जवाफ : अमेरिकी आयातमा १२५% सम्म कर, व्यापार युद्ध चर्किंदै
द नेप्लिज संवाददातायुक्रेन युद्धबारे ट्रम्पको चेतावनीबीच विटकोफ र पुटिनबीच चार घण्टा लामो भेट
द नेप्लिज संवाददाताअमेरिकामा विदेशी विद्यार्थीमाथि कडा निगरानी : नेपाली विद्यार्थीसमेत प्रभावित
द नेप्लिज संवाददाताचीनको चुम्बकमा अड्कियो अमेरिका
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares