कोशी प्रदेश पर्यटन वर्ष २०८२ चैत २७ गते लालिगुराँसको राजधानी बसन्तपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी
विराटनगर– कोशी प्रदेश सरकारले सुरु गर्न लागेको ‘कोशी प्रदेश पयर्टन वर्ष २०८२’को नारा, लोगो र मस्कट सार्वजनिक गरिएको छ । पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले पर्यटन वर्षको नारा, लोगो र मस्कट बुधबार सार्वजनिक गरेका छन् ।
पर्यटन वर्षको नारा ‘कोशीको गौरब, हिमालको शान, पर्यटन वर्षमा सबैको सम्मान’ नारा सार्वजनिक गरिएको हो । यस्तै, नमस्कार गरेको रेडपाण्डालाई मस्कट र नेपालको झण्डामा भएको निलो, सेता, रातोको घेराभित्र माथिल्लो भागमा हिमाल, त्यसको तल पहाडी क्षेत्र र त्यसको तल अर्नासँगै नदी बगेको तराई–मधेस क्षेत्र भएको लोगो सार्वजनिक गरिएको छ ।
मन्त्रालयले सार्वजनिक सूचना आह्वान गरी नारा, लोगो र मस्कट तयार गरेको हो । उत्कृष्ट भएको नारा, लोगो र मस्कट निर्माण गर्नेलाई ५० हजार पुरस्कारको मन्त्रालयले व्यवस्था गरेको छ । तर मन्त्रालयले नारा, लोगो र मस्कट सार्वजनिक गरे पनि तयार गर्नेको नाम सार्वजनिक गरेको छैन । उनको नाम पुरस्कृत गर्ने दिन मात्रै सार्वजनिक गर्ने मन्त्रालयको तयारी छ ।
मन्त्री मण्डलले यस प्रदेशमा रहेको अग्ला हिमालहरु अहिलेसम्म प्रदेश सरकारले बेच्न नसकेको र त्यो संघीय सरकारले नै बेच्दै आएको हुँदा कोशी प्रदेश पर्यटन वर्ष सफल पारेर त्यसको फायदा प्रदेशवासीलाई उठाउन आह्वान गरेका हुन् ।
‘यस प्रदेशमा चार वटा प्रमुख धार्मिक क्षेत्रहरु धर्तिको पहिलो भगवान बराह क्षेत्र, हलेसी महादेव, पाथिभारा र रामधुनी रहेको छ,’ उनले भने, ‘धार्मिक पर्यटनलाई मात्रै व्यवस्थित गर्न सकिए कोशी प्रदेशमा पर्यटकको ओइरो लाग्छ । यसका साथै संसारकै अग्ला हिमालहरु, लालीगुराँस, दुर्लभ वन्यजन्तु, चराको राजधानी कोशी टप्पु, विविधता युक्त संस्कृति, मनोरम प्राकृतिक दृष्य यस प्रदेशमा रहेको छ ।’
यी पर्यटकीय स्थलहरुमा हवाईमार्गभन्दा स्थलमार्गको पर्यटक कोशी प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर पर्यटन वर्ष २०८२ घोषणा गरेर शुभारम्भ गर्न गइरहेको मन्त्री मण्डलले बताएका छन् ।
कोशी प्रदेश पर्यटन वर्ष २०८२ चैत २७ गते लालिगुराँसको राजधानी बसन्तपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी मन्त्रालयले गरेको छ । पर्यटन वर्ष सफल बनाउन प्रदेश सरकारले समिति तथा उपसमितिहरु समेत गठन गरेर काम अघि बढाएको छ ।
समितिका उपसंयोजक कृष्ण साहले पर्यटन वर्षलाई पर्यटन क्षेत्रका भौतिक पूर्वाधारको आधार वर्षको रुपमा अघि बढाएको बताएका छन् । ‘यस प्रदेशमा आउने पर्यटकको कुनै तथ्यांक नभएको र त्यसको लागि संयन्त्र निर्माण गर्ने तयारी भइरहेको छ,’ उनले भने, ‘पर्यटन वर्ष सफल बनाउन अहिले प्रि इभेण्टहरुको आयोजना गरिरहेका छौं ।’
अर्का उपसंयोजक भविस श्रेष्ठले भएको पर्यटकीय क्षेत्रको बजारीकरण र ब्राण्डिङ् पर्यटन वर्षमा गर्दै थप नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्ने बताएका छन् । उनले यस प्रदेशमा ४ वटा पाँच तारे होटल सञ्चालनमा रहेको र थप ४ वटा सञ्चालनमा आउने तयारीमा रहेको र १ सय ४ वटा होमस्टे दर्ता भई सञ्चालनमा रहेको सुनाए । हामी सबै एकअर्काबीचको सहकार्यले पर्यटन वर्ष सफल पार्न श्रेष्ठले आग्रह गरे ।
मन्त्रालयका सचिव विशाल घिमिरेले नारा, लोगो र मस्कटलगायत पर्यटन वर्षको बारेमा जानकारी गराएका थिए ।
अर्थ/वाणिज्य
राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक
द नेप्लिज संवाददाताराष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा, सत्ता साझेदारबीच सहमति
द नेप्लिज संवाददातादेशमा सपना छैन कि व्यवस्था विश्वासिलो छैन ?
जितेन्द्र साहगभर्नर बन्नै लागेका डा. गुणाकर भट्टको योग्यतामाथि प्रश्न/अपडेटेड
द नेप्लिज संवाददाताअतिरिक्त सचिव पदको बहसमा कांग्रेस एक्लियो
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares