६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

दुवैईको क्वालिटि ब्राण्डको आईस्क्रिम कोशी प्रदेशमा

द नेप्लिज संवाददाता
२२ चैत २०८१, शुक्रबार

Advertisement

विराटनगर– दुवैईको क्वालिटि ब्राण्डको आईस्क्रिमको स्वाद अब कोशी प्रदेशमा लिन पाइने भएको छ । तसनीम कर्प प्रालिले ५० वर्षको गौरवमय इतिहास बोकेको क्वालिटि ब्राण्डको आईस्क्रिम कोशी प्रदेशमा भित्र्याएको हो । तसनीमले विराटनगरको सेन्ट्रल मल र पिजफायर रेस्टुरेन्टमा शुक्रबारबाट क्वालिटि आइस्क्रिमको पार्लर सञ्चालनमा ल्याएको छ । 

तसनीमका प्रोप्राइटर आमिर अख्तरले अब चाँडै इटहरीको मुख्यचोक र संगीतचोकमा पनि क्वालिटि आइस्क्रिमको पार्लर सञ्चालनमा ल्याउने र त्यसपछि प्रदेशका अन्य सहरहरुमा पनि पाल्ृर थप्दै जाने लक्ष्य रहेको बताए । 

क्वालिटि आइस्क्रिमको क्षेत्रीय म्यानेजर साकिर अजिमीले गाईको दुधबाट बनेको विभिन्न ९ स्वादमा क्वालिटि आइस्क्रिमको स्वाद लिन पाइने बताए । उनले एउटा पार्लर सञ्चालनमा ल्याउन करिब १० लाखको लागत लाग्ने गरेको र प्रत्येक पार्लरमा प्रत्यक्ष रुपमा दुई जनाले रोजगारी पाउने अवस्था रहेको बताए । 

आइस्क्रिमका पारखीहरुले यहाँ पाउने आइस्क्रिम भन्दा क्वालिटि आइस्क्रिमको स्वाद फरक र गुणस्तरीय रहेको बताए । उनीहरुले फ्रुट सलाद आइस्क्रिमको स्वाद सबभन्दा उत्तम र गुणस्तरीय रहेको बताए ।  

ज्योती ग्रुपको सन इन्टरनेशनल इन्कर्पोरेटेडले एक वर्ष अगाडि क्वालिटि ब्राण्डको आइस्क्रिम काठमाडौंमा भित्र्याएको थियो । यो आइस्क्रिम दुवैईमा नै उत्पादन भएको प्याक नेपालमा ल्याएर बिक्री वितरण गर्दै आएको छ । 

प्रकाशित : २२ चैत २०८१, शुक्रबार 16:56
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved