१७ वैशाख २०८२, बुधबार 30 Apr 2025, Wednesday

मनमोहन स्मृति कप क्रिकेटः आर्मी दोस्रो जितसँगै फाइनलमा प्रवेश

द नेप्लिज संवाददाता
१५ वैशाख २०८२, सोमबार

Advertisement

विराटनगर । एमएम कप फाउण्डेशन सुनसरीको आयोजनामा विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा सोमबार विजयी हुँदै आर्मी फाइनलमा प्रवेश गरेको छ ।

पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न समुह ए अन्तरगतको अन्तिम लिग खेलमा आर्मीले वागमती प्रदेशलाई ५ विकेटले पराजित गरेको  छ ।  लगातार दुई खेलमा जित हात पार्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । पहिलो खेलमा एपिएफलाई ३ विकेटले पराजित गरेको थियो । जितसँगै आमीले ४ अंक जोडेको छ भने एपिएफले २ खेलमा १ मा जित निकाल्दै २ अंकका साथ दोस्रो स्थानमा र वागमतीले खेलेको दुवै खेल गुमाउँदै अंक विहिन छ । 

आइतबार रातीको वर्षाले ५० ओभरको खेललाई २६ ओभरमा छोट्याएर सोमबार आर्मी र वागमती प्रदेशलाई खेलाइएको थियो । उक्त खेलमा टस हारेर ब्याटिङ गरेको वागमतीले २४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ९६ रनको सामान्य योगफल बनाएको थियो । वागमतीका कप्तान सिचिन लेखकले २४ रन बनाउँदा प्रतिक श्रेष्ठले १५ रन र आदिल खानले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । आर्मीका प्लेयर अफ द म्याच नरेन राउदले ६ ओभरमा २७ रन दिएर ५ विकेट लिँदा दुर्गेश गुप्ताले २ विकेट लिए ।

दोस्रो इनिङ्समा ९७ रनको लक्ष्य पाएको आर्मीले १७ ओभर ३ बलमा ५ विकेट गुमाई विजय भएको थियो । आर्मीको जितमा निश्चल क्षेत्रीले ४६ रनको योगदान दिँदा हिमाञ्सु दत्तले १८ रनको योगदान दिए । वागमतीका दयानन्द मण्डलले २ विकेट लिँदा तिलकराज भण्डारी र आदिल खानले १–१ विकेट दिए ।

मंगलबार समुह वि को पहिलो लिग खेल आयोजक कोशी प्रदेश र नेपाल प्रहरीको पुलिस क्लवबीच हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।

प्रकाशित : १५ वैशाख २०८२, सोमबार 18:32
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved