विराटनगर- एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश विजयी भएको छ ।
मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार भएको समुह ´बी` अन्तर्गतकाे पहिलो लिग खेलमा आयोजक कोशीले नेपाल पुलिस क्लबलाई ३७ रनले पराजित गर्दै २ अंक जोडेको छ ।
टस हारेर ब्याटिङ गरेको कोशीले ५० ओभरको खेलमा २९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ९३ रनको सामान्य योगफल बनाएको थियो । कोशीका रुपक बरालले २१ रन बनाउँदा मिनस थापा र सुमन गहतराले समान १५–१५ रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंक जाेड्न सकेनन् । पुलिसका सुनिल दौल्यानले ८ ओभरमा २५ रन दिएर ५ विकेट लिँदा विपिन कार्की र चित्र विष्टले २–२ विकेट लिए ।
दास्राे इनिङ्गसमा ९४ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले २४ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ५६ रनमा सिमित भयो । पुलिसका कुनै पनि ब्याटरले दोहोरो अंक जाेड्न सकेनन् । कोशीको जितमा प्लेयर अफ द म्याच प्रेम कामतले ९ ओभरमा १५ रन दिएर ५ विकेट लिँदा प्रकाश कार्कीले ३ विकेट लिए ।
बुधबार समुह ´बी` को दोस्रो लिग खेल आयोजक कोशी प्रदेश र भरतको आसाम क्लबबीच हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।
खेलकुद
मनमोहन स्मृति कप क्रिकेट शूरु, विभागी टिम आर्मीको विजयी सुरुवात
द नेप्लिज संवाददातातेक्वान्दो आत्मरक्षा तालिम सम्पन्न
द नेप्लिज संवाददातादोस्रो कोशी खुला गल्फ प्रतियोगिता : विराटनगरका गुप्ता नेट विजेता, ग्रसमा परियार विजयी
द नेप्लिज संवाददातामहनमोहन स्मृति कप क्रिकेट : एपिएफ विजयी
द नेप्लिज संवाददातामनमोहन स्मृति कप क्रिकेटः आर्मी दोस्रो जितसँगै फाइनलमा प्रवेश
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares