२३ जेठ २०८२, शुक्रबार 06 Jun 2025, Friday

हावाहुरीले घर भत्किँदा एक वृद्धको मृत्यु

१ जेठ २०८२, बिहीबार

Advertisement

विराटनगर – झापाको हल्दिबारी गाउँपालिकामा बुधबार राति आएको हावाहुरीमा घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–५ त्रिवेणीचोकका ६५ वर्षीय मानबहादुर मगर हुन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार मध्यराति आएको हावाहुरीले टिनको छाना भएको टाँडे घर भत्काएको थियो।

घरभित्र सुतिरहेका मगर छानाबाट खसेको विमले थिचिएर गम्भीर घाइते भएका थिए। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

राति साढे १२ बजे अस्थायी प्रहरी चौकी कन्चनश्रीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनासम्बन्धी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

#हावाहुरी

प्रकाशित : १ जेठ २०८२, बिहीबार 09:02
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved