विराटनगर- अमेरिकाले यमनका हुथी विद्रोहीहरू विरुद्ध 'निर्णायक र शक्तिशाली' हवाई आक्रमण थालेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । उनले रेड सीमा नौसैनिक जहाजहरूमा भएको हुथी समूहको आक्रमणलाई यसको कारण बताएका छन्।
'इरानद्वारा वित्तपोषित हुथी गुण्डाहरूले अमेरिकी विमानहरूमा क्षेप्यास्त्र प्रहार गरेका छन् र हाम्रा सैनिक तथा साझेदारहरूलाई लक्षित गरेका छन्,' ट्रम्पले आफ्नो 'ट्रुथ सोसल'
प्लेटफर्ममा लेखे । उनले हुथीहरूको 'समुद्री डकैती, हिंसा, र आतंकवाद' ले 'अरबौं डलरको क्षति' पुर्याएको र थुप्रैको जीवन जोखिममा पारेको बताए।
हुथी नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। इजरायल-हमास युद्धको प्रतिक्रिया स्वरूप नौसैनिक जहाजहरूलाई लक्षित गर्न थालेका हुथीहरूले अमेरिकी आक्रमणको जवाफ दिने बताएका छन्।
शनिबार साँझ साना र उत्तरी प्रान्त सादा - जुन साउदी अरबको सीमामा रहेको हुथीहरूको गढ हो - मा विस्फोटको श्रृंखला भएको हुथीहरूले बताएका छन्।
इरान समर्थित यो विद्रोही समूह इजरायललाई आफ्नो शत्रु मान्छ। यद्यपि, उनीहरूले राजधानी साना र यमनको उत्तर-पश्चिम क्षेत्र नियन्त्रणमा राखेका छन् तर उनीहरू अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकार होइनन्।
अप्रमाणित तस्बिरहरूमा सानाको विमानस्थल क्षेत्रमा कालो धुवाँको मुस्लो देखिएको छ, जहाँ सैन्य प्रतिष्ठानहरू छन्।
हुथीहरूले अमेरिकालाई 'दुष्ट' आक्रमण गरेको आरोप लगाउँदै यसले सानाको बासिन्दाहरूलाई निशाना बनाएको दाबी गरेका छन्। तर, बुझिएअनुसार बेलायतले शनिबारको अमेरिकी आक्रमणमा भाग नलिए पनि अमेरिकी सेनालाई इन्धन आपूर्ति गर्न सहयोग गरेको थियो।
'यी आक्रमणहरू सह्य हुने छैनन्' : ट्रम्प
ट्रम्पले चेतावनी दिँदै भने, 'हामी आफ्नो लक्ष्य प्राप्त नभएसम्म अत्यधिक घातक बल प्रयोग गर्नेछौं।'
हुथीहरूले भने आफूहरूले गाजा युद्धमा प्यालेस्टिनीहरूलाई समर्थन गर्न कारबाही गरिरहेको बताउँदै आएका छन्। उनीहरूले जहाजहरूलाई लक्षित गर्दा इजरायल, अमेरिका वा बेलायतसँग सम्बन्धित मात्र आक्रमण गर्ने दाबी गरेका छन्, तर प्रायः यी दाबीहरू झुटा हुने गरेका छन्।
हुथी आक्रमण र पश्चिमी प्रतिक्रियाहरू
नोभेम्बर २०२३ यता हुथीहरूले रेड सी र अदन खाडीमा क्षेप्यास्त्र, ड्रोन र साना डुङ्गाहरूको प्रयोग गर्दै दर्जनौं व्यापारी जहाजहरूमा आक्रमण गरेका छन्। उनीहरूले दुई जहाज डुबाएका, तेस्रो कब्जा गरेका, र चार चालक दलका सदस्यहरूलाई मारेका छन्।
पश्चिमी युद्धपोतहरूको तैनाती तथा अमेरिकी र बेलायती हवाई आक्रमणहरू पनि हुथीहरूलाई रोक्न प्रभावकारी देखिएको छैन।
इजरायलले समेत जुलाईदेखि हुथीहरू विरुद्ध हवाई आक्रमण गर्दै आएको छ। इजरायली सेनाका अनुसार यमनबाट इजरायलमाथि ४०० भन्दा बढी क्षेप्यास्त्र तथा ड्रोन प्रक्षेपण गरिएका थिए, जसको अधिकांश इजरायली सुरक्षाबलले नष्ट गरेका थिए।
रेड सीमा व्यापार अवरुद्ध, सुएज नहर प्रभावित
प्रमुख शिपिङ कम्पनीहरूले रेड सी प्रयोग गर्न बन्द गरिसकेका छन्। लगभग १५ प्रतिशत विश्वव्यापी समुद्री व्यापार हुने यस मार्गको सट्टा अब जहाजहरूलाई अफ्रिकाको दक्षिणी किनार हुँदै लामो बाटो प्रयोग गर्न बाध्य पारिएको छ।
ट्रम्पका अनुसार अमेरिकाको झन्डा भएका जहाजहरू एक वर्षभन्दा बढी समयदेखि सुरक्षित रूपमा सुएज नहर पार गर्न सकेका छैनन्। रेड सीबाट एशिया-युरोप जोड्ने सुएज नहर तेल र एलएनजी (लिक्वीफाइड नेचुरल ग्यास) ढुवानीका लागि अति महत्वपूर्ण मार्ग हो।
हुथीहरूलाई चेतावनी दिँदै ट्रम्पले लेखे, 'यदि तिमीहरूले आक्रमण रोकिएन भने, तिमीहरू माथि कहिल्यै नदेखिएको नरक वर्षिनेछ!' तर हुथीहरूले भने आफ्नो समर्थन कम नहुने बताउँदै, 'हाम्रो सशस्त्र बलहरूले आक्रमणको जवाफ आक्रमणद्वारा नै दिनेछ।'
यसैबीच, अमेरिकी रक्षा सचिव पीट हेगसेथले हुथीहरूलाई समर्थन गर्ने इरानलाई 'सावधान' रहन चेतावनी दिएका छन्।
अमेरिकी कंग्रेसका अनुसार, नोभेम्बर २०२३ देखि अक्टोबर २०२४ सम्म हुथीहरूले रेड सीमा १९० वटा आक्रमण गरेका छन्।
यसअघि पनि बेलायत र अमेरिका संयुक्त रूपमा हुथीहरू विरुद्ध नौसैनिक र हवाई आक्रमण गरिसकेका छन्। साथै, इजरायलले समेत हुथीहरूका सैन्य केन्द्रहरूमा अलग्गै आक्रमण गरेको छ।
ट्रम्पले इरानलाई हुथीहरूलाई समर्थन दिन बन्द गर्न चेतावनी दिँदै भने, 'यदि इरानले समर्थन रोकिएन भने, हामी त्यसको पूर्ण जिम्मेवार ठहराउनेछौं, र हामी यसमा नरम हुनेछैनौं।'
उनले पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनलाई 'दुर्बल' भएको आरोप लगाउँदै भने कि 'अनियन्त्रित हुथीहरूलाई अघि बढ्न दिने कमजोरी देखाएको' थियो।
विश्व/प्रवास
म्यानमारमा शक्तिशाली भूकम्प पछिको उद्धार प्रयासमा अवरोध
द नेप्लिज संवाददाताचीनको कडा जवाफ : अमेरिकी आयातमा १२५% सम्म कर, व्यापार युद्ध चर्किंदै
द नेप्लिज संवाददातायुक्रेन युद्धबारे ट्रम्पको चेतावनीबीच विटकोफ र पुटिनबीच चार घण्टा लामो भेट
द नेप्लिज संवाददाताअमेरिकामा विदेशी विद्यार्थीमाथि कडा निगरानी : नेपाली विद्यार्थीसमेत प्रभावित
द नेप्लिज संवाददाताचीनको चुम्बकमा अड्कियो अमेरिका
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares