१४ वैशाख २०८२, आइतबार 27 Apr 2025, Sunday

यौन दुर्व्यवहारविरुद्धकी योद्धा भर्जिनिया जिउफ्रेद्वारा आत्महत्या

क्रिस्टल हेस/ बीबीसी न्यूज
१३ वैशाख २०८२, शनिबार

भर्जिनिया जिउफ्रे

Advertisement

दुर्व्यवहारको आरोप सार्वजनिक गरेपछि जिउफ्रे यौन हिंसाविरुद्धको आन्दोलनमा अग्रणी बनेकी थिइन् र ’मी टू’ अभियानसँग पनि नजिकबाट जोडिएकी थिइन् । जिउफ्रेलले आरोप लगाएकी थिइन् कि एप्सटिन र म्याक्सवेलले उनलाई १७ वर्षको उमेरमा प्रिन्स एन्ड्रुसमक्ष लगेर दुर्व्यवहार गराएका थिए । प्रिन्स एन्ड्रुले सबै आरोप अस्वीकार गरेका थिए ।

लस एन्जलस– प्रिन्स एन्ड्रु र जेफ्री एप्सटिनमाथि यौन दुर्व्यवहारको आरोप लगाउने भर्जिनिया जिउफ्रेले ४१ वर्षको उमेरमा आत्महत्या गरेर ज्यान गुमाएको उनको परिवारले जनाएको छ । जिउफ्रे, जो सजाय पाएका यौन अपराधी एप्सटिन र उनको पूर्व प्रेमिका घिसलिन म्याक्सवेलविरुद्ध खुला रूपमा आवाज उठाउने एक प्रमुख अभियन्ता थिइन् ।

उनले आफूमाथि १७ वर्षको उमेरमा ड्युक अफ योर्क (प्रिन्स एन्ड्रु) द्वारा दुर्व्यवहार गरिएको आरोप लगाएकी थिइन् । तर प्रिन्स एन्ड्रुले यी आरोपहरू कडा रूपमा अस्वीकारेका थिए । उनका आफन्तहरूले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भने, ‘यौन दुर्व्यवहारविरुद्धको लडाइँमा उनी एक कठोर योद्धा थिइन् । तर लामो समयको पीडाले अन्ततः असह्य बनेर उनको ज्यान लियो ।’ ‘जीवनभर यौन दुर्व्यवहार र मानव तस्करीको शिकार भएकी उनले अन्ततः आत्महत्या गरिन्,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

परिवारका अनुसार तीन सन्तानकी आमा जिउफ्रे धेरै पीडितहरूको लागि आशाको प्रकाश थिइन् । उनी शुक्रबार पश्चिमी अष्ट्रेलियास्थित आफ्नै फार्ममा मृत फेला परिन् । पश्चिमी अष्ट्रेलियाको प्रहरीले नेरगाबी क्षेत्रमा रहेको एउटा घरमा शुक्रबार राति जिउफ्रे अचेत अवस्थामा फेला परेको जनाएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनको मृत्यु शंकास्पद नभएको जनाएको छ ।

जिउफ्रे, जो अमेरिकामा जन्मिएकी थिइन्, हाल उत्तर पर्थको एक क्षेत्रमा श्रीमान् रोबर्ट र छोराछोरीसँग बस्दै आएकी थिइन् । यद्यपि पछिल्ला रिपोर्टहरूका अनुसार उनीहरू २२ वर्ष लामो वैवाहिक सम्बन्धपछि छुट्टिएका थिए । तीन साता अगाडि जिउफ्रेले इन्स्टाग्राममा आफू गम्भीर सवारी दुर्घटनामा परेको जानकारी दिएकी थिइन् । यद्यपि उनका परिवारले पछि त्यसबारे सार्वजनिक गर्ने योजना नभएको बताएका थिए । स्थानीय प्रहरीले भने उक्त दुर्घटना त्यति गम्भीर नभएको उल्लेख गरेको थियो ।

उनकी लामो समयसम्मकी प्रवक्ता डिनी भोन म्युफलिङले एक वक्तव्यमा जिउफ्रेलाई ‘मैले भेटेका सबैभन्दा अद्भुत मानिसहरूमध्ये एक’ भनेर उल्लेख गरिन् । उनले भनिन्, ‘जिउफ्रे अन्य पीडितहरूका लागि आशाको एक प्रकाशस्तम्भ थिइन् र उनलाई प्रतिनिधित्व गर्नु मेरो जीवनकै सबैभन्दा ठूलो सम्मान हो ।’

दुर्व्यवहारको आरोप सार्वजनिक गरेपछि जिउफ्रे यौन हिंसाविरुद्धको आन्दोलनमा अग्रणी बनेकी थिइन् र ’मी टू’ अभियानसँग पनि नजिकबाट जोडिएकी थिइन् । जिउफ्रेलले आरोप लगाएकी थिइन् कि एप्सटिन र म्याक्सवेलले उनलाई १७ वर्षको उमेरमा प्रिन्स एन्ड्रुसमक्ष लगेर दुर्व्यवहार गराएका थिए । प्रिन्स एन्ड्रुले सबै आरोप अस्वीकार गरेका थिए ।

सन् २०२२ मा जिउफ्रेसँग अदालतबाहिर समझदारी गरेका थिए । उक्त सम्झौतामा उनले एप्सटिनसँगको सम्बन्धप्रति पछुतो व्यक्त गरे पनि कुनै पनि जिम्मेवारी स्वीकार गरेका थिएनन्, न त माफी मागेका थिए । जिउफ्रेले आफू किशोरी हुँदाखेरि नै यौन तस्करीको शिकार भएको बताएकी थिइन् ।

उनले सन् २००० मा बेलायती समाजसेवी घिसलिन म्याक्सवेलसँग भेट भएको र त्यसपछि अमेरिकी धनी व्यापारी एप्सटिनसँग परिचय गराइएको दाबी गरेकी थिइन् । त्यसपछि उनी लामो समयसम्म एप्सटिन र उनका सहयोगीहरूबाट दुर्व्यवहारमा परेकी थिइन् ।

एप्सटिनले २०१९ मा जेलमा आत्महत्या गरेका थिए जहाँ उनी यौन तस्करी सम्बन्धी आरोपमा अदालती प्रक्रियाको प्रतीक्षामा थिए । यसअघि पनि सन् २००८ मा नाबालिकसँग यौन क्रियाकलाप गरेको अभियोगमा उनी दोषी ठहर भएका थिए । म्याक्सवेललाई भने एप्सटिनको यौन तस्करी र दुर्व्यवहारमा संलग्नताको आरोपमा अमेरिकामा २० वर्षको जेल सजाय सुनाइएको छ।

प्रकाशित : १३ वैशाख २०८२, शनिबार 14:50
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved