६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

केटी भगाएको विवादमा एकको मृत्यु

द नेप्लिज संवाददाता
१३ फागुन २०८१, मङ्गलबार

Advertisement

विराटनगर– नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा केटी भगाएको विवाद बढेर दुवै पक्षको झड्पमा  एक जनाको मृत्यु भएको छ । 

बेलासपुरस्थित १९ वर्षीया सहाना खातुनलाई स्थानीय २२ वर्षीय डाक्टर धोबीले भगाएको विषयमा केटाकेटी पक्ष आरोप–प्रत्यारोप गरिरहेका छन् । प्रहरीका अनुसार पुसको अन्तिम सातादेखि खातुन हराइरहेको निवेदन परेको छ । डाक्टर धोबी पनि परिवारको सम्पर्कमा छैनन् ।

यही विषमा सोमबारदेखि दुवै परिवारबीच तनावपूर्ण माहोल छ ।  विवाद बढ्दै गएपछि मंगलबार बिहान दुई समूहबीच झडप भएको थियो । यो क्रममा युवतीका दाइले केटा पक्षका पाल्हिनन्दन– ३ बेलासपुरका ३५ वर्षीय विजय धोवीलाई गाडीले ठक्कर दिएका थिए ।

वडा अध्यक्ष गोधनप्रसाद हरिजनका अनुसार  ठक्करबाट विजयको मृत्यु भएको हो । दुवै तिरको समूहले एकअर्कालाई आरोप लगाएपछि सोमबार पनि झडप भएको प्रहरीले जनाएको छ । विवाद समाधानका लागि मंगलबार बिहान छलफल गर्न खोज्दा फेरी झडप भएको वडाअध्यक्ष हरिजनले बताए । 

पिकअप भ्यानले ठक्कर पछि आक्रोशित केटा पक्षले केटीको दाइको कवाडी गोदाममा आगो लगाइदिए । यसपछि केटी पक्षका करिब चार सय स्थानीय जम्मा भइ टायर बालेर महेशपुर–परासी सडकखण्ड अवरुद्ध गरे । स्थिति नियन्त्रण बाहिर जान नदिन ६३ जना सशस्त्र प्रहरी परिचालन गरिएको थियो । 

प्रहरीले मंगलबार बिहान झडप नियन्त्रणका लागि ५ राउन्ड अश्रुग्यास र ३ राउन्ड हवाइ फायर गरेको थियो ।  स्थानीय र प्रहरी गरी २१ जना घाइते भएका थिए । घटनामा घाइते सशस्त्र प्रहरीका तीन जनाको जिल्ला अस्पताल परासीमा उपचार भइरहेको छ । आक्रोशित समूहले प्रहरीको गाडीमा समेत आगजनी गरेको थियो । प्रहरीले उक्त कार्यमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएको छ ।
 

प्रकाशित : १३ फागुन २०८१, मङ्गलबार 23:07
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved