विराटनगर– काठमाडौँको बालाजुको औद्योगिक क्षेत्रको एक प्लास्टिक उद्योगमा शनिबार साँझ भएको आगलागी नियन्त्रणमा आएको छ । आगलागी हुने कारण खुलेको छैन ।
आगलागीको तीव्रता अत्यधिक भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको विशेष दमकलसमेत घटनास्थलमा पुगेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आगो नियन्त्रणका लागि सबै सुरक्षा संयन्त्र र जुद्ध बारुण यन्त्रका तीनटा दमकल जुटेको बताए ।
प्लास्टिक उद्योगमा केमिकलयुक्त पदार्थहरू बढी भएका कारण आगो नियन्त्रणमा कठिनाइ भएको थियो । मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । यसअघि पनि बालाजु औद्योगिक क्षेत्रमा आगलागीका घटनाहरू भएका छन् । चार वर्ष अघि त्यहाँ नेबिको बिस्कुट उद्योगमा आगलागी भएको थियो । भित्र घ्यु, मैदा, चिनी, प्लास्टिकजस्ता प्रज्वलनशील सामग्रीको प्रयोग हुने भएकाले आगो नियन्त्रणमा कठिनाइ भएको थियो ।
समाचार
प्लाष्टिकले पृथ्वी र मानव अस्तित्व संकटमाः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददाताकोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares