विराटनगर — अविरल वर्षापछि धनकुटा नगरपालिका–९ स्थित मूलघाट नजिकको बिश्रान्ती खहरे खोलामा आएको बाढीले आइतबार राति एक ट्रयाक्टर बगाएको छ।
को २ त ३९४२ नम्बरको ट्रयाक्टर खोलाको किनारमा पार्क गरिएको अवस्थामा करिब ५० मिटर तल बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । प्रहरीका अनुसार मूलघाट प्रहरी चौकीबाट खटिएको टोलीले जेसीबीको सहयोगमा राति नै ट्रयाक्टर सुरक्षित स्थानमा सारिएको हो।
वर्षाले धनकुटा–९ छिम्छुवास्थित मूलघाट–त्रिवेणी भित्री सडकखण्डमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोमा चार वटा टिपर फसेको प्रहरीले जनायो ।
प्रहरीका अनुसार उक्त सडकको अन्य दुई स्थानमा पनि लेदो सहितको पहिरो खसेको छ। सोमबार बिहानदेखि पहिरो पन्छाउने कार्य सुरु गरिने प्रहरीले जनाएको छ।
#धनकुटा#मा #बाढी #र #पहिरो
समाचार
भारत–पाकिस्तान तनाव मत्थरमा ओलीको भूमिका
द नेप्लिज संवाददाता‘गृहमन्त्रीको साथी हुँ’ भन्दै धम्की दिने पक्राउ
द नेप्लिज संवाददातामुलुककाे निकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन एक मात्र विकल्प : उपेन्द्र यादव
द नेप्लिज संवाददातामानव बेचबिखन आरोपमा आलिया खातुन पक्राउ
द नेप्लिज संवाददाताधरान–१७ की २४ वर्षीया कविता राईसहित आठ जना लुटपाटमा पक्राउ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares