२३ जेठ २०८२, शुक्रबार 06 Jun 2025, Friday

३० दिनभित्र प्रदेशभरि भइरहेकाे तस्करी नियन्त्रण गर्न गृहमन्त्री लेखककाे निर्देशन

द नेप्लिज संवाददाता
३१ वैशाख २०८२, बुधबार

Advertisement

विराटनगर- गृहमन्त्री रमेश लेखकले ३० दिनभित्र प्रदेशभरि भइरहेकाे तस्करी नियन्त्रण गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । गृह मन्त्रालय र काेशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयकाे संयुक्त आयाेजनामा विराटनगरमा बुधबार सुरू भएकाे काेशी प्रदेशस्तरीय सुरक्षा गाेष्ठीकाे उद्घाटनपछि मन्त्री लेखकले सुरक्षा निकायका प्रमुखहरूलाई रणनीति तथा याेजना बनाएर तस्करी नियन्त्रणकाे ३० दिनभित्र आमनागरिकलाई प्रत्याभूति गराउन निर्देशन दिएका हुन् ।

´तस्करीले सीमापार अपराधसमेत बढ्ने गरेकाले तत्काल रणनीति बनाएर तस्करी नियन्त्रणकाे प्रत्याभूति गराउनुस्,` उनले भने, ´एकातिर तस्करीले सरकारकाे राजश्व गुमिरहेकाे छ भने बैध रूपामा व्यापार व्यवसाय गरिरहेकाहरूकाे व्यापार बन्द हुनुका साथै पलायन हुन बाध्य भएकाे छ अर्काेतिर तस्करी गरेर केही व्यक्ति रातारात धनी भइरहेका छन् । त्यसैले तत्काल तस्करी नियन्त्रण गर्नुस् ।`

मन्त्री लेखकलाई माेरङ उद्याेग व्यापार संघमा आबद्ध उद्याेगी व्यवसायीले चाेरी तस्करी बढेकाले सीमापारीका भारतीय बजार गुलजार भएकाे तर सीमावर्ति नेपाली बजारका उद्याेगी व्यवसायीकाे व्यापार बन्द भएर पलायन भइरहेकाे र सुरक्षा चुनाैति बढेकाे गुनासाे पाेखेका थिए । मन्त्री लेखकले यहाँका उद्याेगी व्यवसायीसँग ६० दिनभित्र तस्करी नियन्त्रणकाे प्रत्याभूति गराउने र त्यस्ताे हुन नसके जिम्मेवार व्यक्तिलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले सुरक्षा निकायका प्रमुखहरूलाई प्रहरीसम्बन्धी विधेयक सदनमा रहेकाे र प्रहरी समायाेजनकाे काम भइरहेकाेले प्रदेश सरकारसँग समन्वय, सहकार्य र सहमतिमा कामकाज गर्न निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले प्रहरी प्रदेश सरकार मातहत आउने निश्चित रहेकाेले प्रहरीका लागि भाैतिक संरचना निर्माण र सवारी साधनलगायतका सुबिधा सम्पन्न बनाउन लगानी गर्न प्रदेश सरकारलाई आग्रह गरेका हुन् ।

उनले मुलुककाे पहिलाे प्राथमिकता आन्तरिक शान्ति सुरक्षा रहेकाेले त्यसमा कुनै किसिमकाे सम्झाैता नगर्न सुरक्षाकर्मीहरूलाई निर्देशन दिएका छन् । ´देशकाे आन्तरिक शान्ति सुरक्षा सुदृढ भए विकास र समृद्धिकाे अभियान अघि बढ्न सक्छ,` उनले भने, ´संविधानकाे प्रस्तावनामा नै संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट दिगाे शान्ति, सुशासन, दिगाे विकास र समृद्धिमा पुग्ने उल्लेख भएकाेले शान्ति, सुरक्षा देशकाे पहिलाे प्राथमिकता हाे त्यसमा कुनै सम्झाैता गर्न सकिँदैन ।` आम नागरिककाे ज्युधनकाे सुरक्षा, समाजमा अमन, चैयन, शान्ति, सुरक्षाकाे कुनै विकल्प नभएकाे उनकाे भनाइ थियाे ।

गृहमन्त्री लेखकले अहिलेकाे व्यवस्था र संविधान विपरितकाे गतिविधि कुनै रूपमा सहय नहुने बताएका छन् । ´लाेकतन्त्र र गणतन्त्रकाे विकल्प के हुन्छ ? अहिलेकाे व्यवस्थाकाे विकल्प अन्य कुनै व्यवस्था हुँदैन,` उनले भने, ´ त्यसैले अहिलेकाे व्यवस्था र संविधान बिराेधी कुनै किसिमकाे गितिविध सहय हुँदैन ।` लाेकतन्त्रमा सुशासन र जनताकाे सेवा प्रभवाह प्रभावकारी हुनुपर्ने मन्त्री लेखककाे भनाइ थियाे ।

´कर्मचारी वर्गले अहिलेसम्म आम नागरिकलाई प्रवाह गर्दै आएकाे सेवामा के नयाँ रूपमा प्रभावकारी सेवा प्रवाह गर्न सकिन्छ त्यसतर्फ साेच्नु आवश्यक छ,` उनले भने, ´काेही पनि सेवाग्राही निरास भएर नफर्किने व्यवस्था गर्नुस्, हाँसेर सेवा प्रवाह गरेमात्रै सेवाग्राही खुशी भएर जान्छ । त्यसैले नागरिकलाई सेवा प्रवाह ठीक ढंगले गर्नु पर्छ ।` उनले कर्मचारी वर्गलाई कानुन कार्यान्वयनकाे दायित्व प्रभावकारी ढंगले पूरा गर्न निर्देशन दिएका हुन् ।

सुरक्षा गाेष्ठीमा अपराध अनुसन्धानकाे अवस्था, त्यसकाे चुनाैति र व्यवस्थापन वारे गहन छलफल हुने गृहमन्त्री लेखकले बताए । ´परम्परागत रूपमा भइरहेकाे अपराधका साथै अहिले केही नयाँ किसिमका अपराध देखिएका छन्,` उनले भने, ´लागूअैाषध सेवन तथा ओसारपाेसार, सवारी दुर्घटना, आत्महत्या, साइबर क्राइमजन्य नयाँ किसिमका अपराध देखिएकाे हाे यसकाे नियन्त्रणमा कुनै कसर बाँकी छाेड्नु हुँदैन ।`

लागूअैाषध सेवन गरेर सवारी चलाउँदा दुर्घटना बढ्ने, लागूअैाषध सेवनले मानसिक सन्तुलन गुम्दा आत्महत्या गर्ने र साइबर क्राइममा फस्ने गरेकाेले निर्मम ढंगले निर्णय लिएर नियन्त्रण गर्न गृहमन्त्री लेखकले निर्देशन दिएका छन् । उनले अहिले दैनिक ७ जनाकाे सवारी दुर्घट्नामा मृत्य भइरहेकाे र १७ जना आत्महत्या गरिरहेकाे बताएका हुन् । विपद न्यूनीकरण, विपद जाेखिम पहिचान, विपदका बेला नागरिककाे ज्युधन जाेगाउने र विपदपछिकाे पुनःस्थापना जस्ता काममा गम्भीर हुन उनले निर्देशन दिएका हुन् । उनले गाेष्ठीमा जिल्लागत छलफल गरेर प्रदेशकाे शान्ति सुरक्षाकाे बारेमा रणनीति बनाएर अघि बढ्ने बताएका हुन् ।

गाेष्ठीमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशमा जातीय र धार्मिक पहिचानले विकास निर्माणमा विवाद बढेकाे र त्यसमा राजनीतिक दलकाे पनि समर्थनले सुरक्षा चुनाैति बढेकाे बताएका छन् । उनले अहिलेकाे निरासाकाे अवस्थामा आशा जगाउन शान्ति सुरक्षा अपरिहार्य रहेकाे बताएका हुन् ।

गाेष्ठीमा गृह मन्त्रालयका सचिव दामाेदर दवाडी, काेशीका प्रमुख सचिव चन्द्रकला पाैडेल, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान र नेपाली सेनाका प्रदेश प्रमुख तथा काेशीका १४ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरूकाे उपस्थिति रहेकाे छ ।

प्रकाशित : ३१ वैशाख २०८२, बुधबार 11:43
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved