४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

१० वर्षमा कान्तिपुर फाउण्डेशनले स्कूलसँगै स्नातक तहको कलेजसमेत सफल सञ्चालन गर्दै (तस्बिरहरु)

१६२ विद्यार्थीबाट सुरु भएको कान्तिपुर स्कूलमा तीन हजार विद्यार्थी
द नेप्लिज संवाददाता
२३ फागुन २०८१, शुक्रबार

Advertisement

विराटनगर– कान्तिपुर एजुकेशनल फाउण्डेशन प्राली मोरङले १६२ जना विद्यार्थीबाट सुरु गरेको कान्तिपुर सेकेन्ड्री स्कूल १० वार्षिकोत्सव मनाइरहँदा तीन हजार बढी विद्यार्थी पुगेको छ । फाउण्डेशनले १० वर्षमा स्कूलसँगै इडेनवर्ग कलेजसमेत सञ्चालनमा ल्याएको छ । उक्त कलेजमा बीबीएस, बीएडलगायतका संकायको स्नातक तहको पठन पाठन हुँदै आएको हो । 

फाउण्डेशनका संस्थापक तथा कान्तिपुर स्कूलका प्राचार्य भुवन नेपालले फाउण्डेशन स्थापना गरेर सुरु गरेको स्कूलबाट अहिले स्नातक तहसम्मको कलेजसमेत १० वर्षमा सञ्चालन गर्न सफल भएको बताएका छन् । ‘फाउण्डेशन स्थापना गरेर स्कूल सुरु गर्दा जम्मा १६२ जना विद्यार्थी थियो,’ उनले भने, ‘तर अहिले कान्तिपुर स्कूलमा मात्रै तीन हजार बढी विद्यार्थी छन् र योसँगै फाउण्डेशनले इडेनवर्ग कलेजसमेत सञ्चालन गरेर स्नातक तहको गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छौं ।’

उनले समयानुकुल शैक्षिक गुणस्तरमा सुधारका साथै विद्यार्थी र शिक्षकको मिहिनेत र अभिभावकको मायाले फाउण्डेशनले अहिलेको सफलता प्राप्त गरेको बताएका हुन् । ‘विराटनगर अहिले शिक्षाको हब बनेको छ,’ उनले भने, ‘विराटनगरमा कोशी प्रदेशका १४ वटै जिल्लाका साथै मधेस प्रदेशका सप्तरी, सिरहालगायतका जिल्लाबाट विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् ।’ विद्यालयमा पठन पाठनसँगै अतिरिक्त क्रियाकलापलाई पनि सँगसँगै अघि बढाउँदै लगेकाले हिसान, राष्टपति रनिङ शिल्डलगायतका प्रतियोगिता कान्तिपुर स्कूलले जित्दै आएको उनले सुनाए । 

कोशी र मधेस प्रदेशका जिल्लाहरुमा विद्यालय र कलेजको प्रचार प्रसारमा जाँदा कुनै एउटा मात्रै विद्यालय र कलेजलाई फाइदा नभई समग्र विराटनगरका विद्यालय र कलेजको प्रचार हुने गरेको र त्यसको लाभ प्राप्त हुनेगरेको प्राचार्य नेपालको भनाइ थियो । 

फाउण्डेशनले सञ्चालन गरेको कान्तिपुर स्कूलको १० औँ वार्षिकोत्सव र अभिभावक दिवस कार्यक्रममा विराटनगर महानगर प्रमुख नागेश कोइरालाले अहिलेको सूचना प्रविधि युगमा संसार एउटा गाउँमा परिणत भएको हुँदा संसारको एउटा कुनामा भएको घटनाका बारेमा छिनभरिमा नै संसारभरिका मान्छेले जानकारी पाउने गरेको बताएका छन् । 

‘त्यसैले विराटनगरलाई शिक्षाको हब बनाइ राख्नका लागि युग सुहाउँदो गुणस्तरीय शिक्षाका लागि विद्यालय र कलेजहरुको ध्यान पुग्नु अपरिहार्य छ,’ उनले भने, ‘पछिल्लो समय केही अतिरिक्त क्रियााकाप भइरहेपनि शिक्षण विधि परम्परागत नै रहेकोले समय सुहाउँदो सुधार गर्नुपर्छ साथै विद्यार्थीहरूलाई प्राविधिक शिक्षासँगै नैतिक शिक्षा पनि दिनु आवश्यक छ ।’

विराटनगरका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई व्यवसायिक सीपमूलक तालिम दिएर सीपयुक्त बनाउने अभियान विराटनगर महानगरले सुरु गर्ने तयारी गरेको प्रमुख कोइरालाले जानकारी दिए । 
 

प्रकाशित : २३ फागुन २०८१, शुक्रबार 15:37
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved