२० वैशाख २०८२, शनिबार 03 May 2025, Saturday

बाढीले विनयी खोलाको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्गमा आवागमन फेरि ठप्प

द नेप्लिज संवाददाता
१९ वैशाख २०८२, शुक्रबार

Advertisement

काठमाडौँ– पूर्वीनवलपरासीको विनयी खोलामा शुक्रबार बिहान आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलामा बाढी आउँदा डाइभर्सन बगाएको जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीका डीएसपी मधु नेपालले जानकारी दिएका छन्।

डाइभर्सन बगाएपछि नारायणघाट–बुटवल सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हो। अत्यावश्यकबाहेकका सवारी साधन खोलाको दुवै किनारमा रोकिएका छन्। डीएसपी नेपालका अनुसार अत्यावश्यक सवारीहरूलाई होङ्सी सिमेन्ट उद्योग हुँदै दुम्किबासतर्फ डाइभर्ट गरिएको छ।

उक्त स्थानमा गत पुसमा भारतीय ट्रकको ठक्करबाट विनयी खोलाको मूल पुल भाँचिएको थियो। त्यसपछि अस्थायी डाइभर्सन बनाएर यातायात सुचारु गरिएको थियो। तर उक्त डाइभर्सन गत चैत ३० मा पनि बाढीले बगाएको थियो।

‘पुनः बाढीले डाइभर्सन बगाएपछि सवारी आवागमन सुचारु गर्न तत्काल नयाँ डाइभर्सन बनाउने प्रयास भइरहेको छ,’ डीएसपी नेपालले भने ।  भाँचिएको पुल पुनर्निर्माणको प्रक्रिया अझै सुरु नभएकाले आगामी वर्षा याममा थप समस्या हुने संकेत देखिएको छ।
 

प्रकाशित : १९ वैशाख २०८२, शुक्रबार 11:02
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved