४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

प्रदेश टि–२० क्रिकेटः फाइलनमा आयोजक मिल्स र मोरङ भिड्दै

द नेप्लिज संवाददाता
१५ चैत २०८१, शुक्रबार

Advertisement

विराटनगर– प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीले अपराजित यात्रा कायम राख्दै झापालाई ३ विकेटले पराजित गरेर फाइलनमा पुगेको छ । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको लिग चरणको अन्तिम खेलमा झापा जिल्लालाई ३ विकेटले हराउँदै आयोजक फाइलनमा पुगेको हो ।

आयोजकले दुई खेलबाट चार अंक जोड्यो । झापाले समान खेलबाट दुई अंक मात्रै प्राप्त गरेर प्रतियोगिताबाट बाहिरियो । यसअघि रनरेटको आधारमा मोरङ फाइलनमा पुगिसकेको छ । उपाधिको लागि शनिबार आयोजक र घरेलु टिम प्रतिस्पर्धा गर्नेछन् ।
  
झापाले दिएको ११० रनको लक्ष्य आयोजकले १९.३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको हो । जितका लागि आयोजकका मुकुन्द यादवले ३४ बलमा सर्वाधिक ३९ रन बनाए । उनले एक छक्का र ४ चौका प्रहार गरे । उनी खेलको प्यलेर अफ द म्याच घोषित भएर नगद २ हजार पाँच सय रुपैयाँ हात पारे । विशाल ऋषिदेवले ४१ बलमा ३६ रन बनाए । उनको ब्याटबाट एक छक्का र २ चौका प्रहार भयो । आयोजकका ओपनर विधान गोस्वामीले ८ बलमा पाँच रन मात्रै बनाए । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । झापाका बलर आयुष न्यौपाने र विजय कार्कीले समान २–२ विकेट लिए । 
 
यसअघि २० ओभरमा अलआउट हुँदै झापाले १०९ रनको योगफल बनाएको थियो । झापाका भुपेश गौतमले ३८ बलमा ३२ रन पारी खेल्दा दिपु भुजेलले ३७ बलमा २५ रनको योगदान दिए । सिद्धार्थले २४ बलमा २२ रन बनाउँदा झापाका अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।आयोजकका कृष कामतले कसिलो बलिङ गर्दै ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सुधिर कामतले ४ ओभरमा २३ रन खर्चेर तीन विकेट लिए भने प्रशान्त साह र मुकुन्द यादवले समान २–२ विकेट लिए ।

मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीको आयोजना र प्रदेश खेलकुद विकास बोर्डको संयोजनामा भएको प्रतियोगितामा क्यानमा आवद्ध ६ वटा जिल्लाको सहभागिता रहेको थियो । 

चैत १६ गतेसम्म हुने प्रतियोगिताको विजेता हुने टिमलाई नगद १ लाख १ हजार रुपैयाँ र उपविजेता टिमलाई ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । म्यान अफ द श्रीरिज हुने खेलाडीलाई १५ हजार, बेस्ट ब्याटमेन, बेस्ट बलरलाई जनही ११ हजार पुरस्कार रहेको छ ।
 

प्रकाशित : १५ चैत २०८१, शुक्रबार 17:49
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved