१४ वैशाख २०८२, आइतबार 27 Apr 2025, Sunday

युएईद्वारा पनि १६६ नेपाली कैदीलाई आममाफी

द नेप्लिज संवाददाता
१९ चैत २०८१, मङ्गलबार

Advertisement

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई) सरकारले रमजान महिना र ईद पर्वको अवसरमा विभिन्न अपराधमा जेल जीवन बिताइरहेका १ सय ६६ नेपाली नागरिकलाई आममाफी दिएको छ । 

परराष्ट्र मन्त्रालयले उक्त निर्णयप्रति युएई सरकारलाई धन्यवाद ज्ञापन गर्दै यस कदमले दुई देशबीचको सम्बन्धलाई थप सौहार्दपूर्ण बनाएको उल्लेख गरेको छ । उक्त मन्त्रालयका अनुसार नेपाल सरकारले युएईस्थित नेपाली दूतावासमार्फत नेपाली कैदीहरूको माफीका लागि अपील गरेको थियो जसको परिणामस्वरूप यो निर्णय आएको हो ।

यसअघि कतार सरकारले पनि रमादान पर्वको अवसरमा १८ नेपाली कैदीहरूलाई आममाफी दिएको थियो । नेपाल सरकारले युएई र कतार जस्ता मित्र राष्ट्रहरूद्वारा प्रदान गरिने यस्ता आममाफीहरूलाई उच्च मूल्यांकन गर्दै भविष्यमा पनि आपसी सहयोग र समझदारीलाई अझ सुदृढ बनाउने अपेक्षा गरेको छ ।
 

प्रकाशित : १९ चैत २०८१, मङ्गलबार 15:24
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved