३ वैशाख २०८२, बुधबार 16 Apr 2025, Wednesday

नाइट क्लबको छाना भत्किंदा ११३ जनाको मृत्यु

द नेप्लिज संवाददाता
२७ चैत २०८१, बुधबार

तस्बिर : एएफपी

Advertisement

सान्तो डोमिङ्गो (डोमिनिकन गणराज्य) – एक नाइट क्लबको छाना भत्किँदा कम्तीमा १ सय १३ जनाको मृत्यु र १ सय ५० भन्दा बढी घाइते भएका छन् । बीबीसीका अनुसार यो भयानक दुर्घटना मंगलबार बिहान डोमिनिकन गायक रुवी पेरेजको लाइभ कन्सर्ट चलिरहेको बेला जेट सेट नाइट क्लबमा भएको हो ।

मृतकहरूमा सन् २०१३ मा सन्यास लिएका चर्चित बेसबल खेलाडी क्टाभियो डोटेल सहित प्रसिद्ध गायक रुवी पेरेज पनि छन् । पेरेजका गीतहरू ‘एल अफ्रिकानो’ र ‘लास आविस्पास’ अत्यधिक लोकप्रिय छन् ।

घटनाको समय क्लब भरिभराउ थियो । रातको १ बजेतिर छानाको एउटा ठूलो भाग भत्किएको थियो । भग्नावशेषमा अझै धेरै मानिसहरू पुरिएका हुनसक्ने आशंका गरिएको छ । ४ सयभन्दा बढी उद्दारकर्मीहरू घटनास्थलमा खोजीकार्यमा जुटेका छन् ।  जीवितहरूलाई उद्दार गर्न सकिने विश्वासमा प्रयास जारी राखेका छन् ।

उक्त कन्सर्टमा खेलाडी, राजनीतिज्ञ र अन्य उच्च पदस्थ व्यक्तिहरू पनि सहभागी थिए । मृतकहरूको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । डोमिनिकन गणराज्यका राष्ट्रपति लुइस रोडोल्फो एबिनाडेरले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै सरकार र राहतकर्मीहरूको सहयोगमा घटनास्थलमा प्राथमिक उपचार र उद्दार कार्यलाई तीव्रता दिएका छन् ।
 

प्रकाशित : २७ चैत २०८१, बुधबार 22:44
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved